प्रदीप र साम्राज्ञीको जोडी जुर्न त जुर्यो, तर कसरी?

हेम राज बिसीको निर्देशन रहने नयाँ फिल्ममा नेपाली फिल्म क्षेत्रमा पछिल्लो समयका हिट लिस्टेड नायक नायिका प्रदीप खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्ध भएका छन् । यो जोडी फिल्ममा देखिन लागेको चर्चा निकै अगाडी देखिको हो । तर कुनै पनि निर्माता निर्देशकले त्यो माहोल जुराउन सकेका थिएनन् । तर निर्देशक हेमराज बिसीले भने त्यो सम्भव तुल्याए ।

धेरैले हेमराज कै कारण यी दुई फिल्ममा अनुबन्ध भएको ठानेका छन् । स्मरण योग्य कुरा के छ भने साम्राज्ञीले हाल सम्म गरेका फिल्ममा आफु भन्दा स्टार भ्यालु कम भएका नायकहरुसँग मात्र काम गरेकी छिन् । अब यो फिल्ममा दुई स्टारका बिच पनि समानान्तर स्क्रिन सेयरको लडाई पक्कै देखिनेछ । तर चर्चा योग्य कुरा यो हो की प्रदीप र साम्राज्ञीको जोडी एकै फिल्ममा जुर्यो त जुर्यो तर कसरी ?

फिल्म निकट एक गोप्य श्रोतले मेरोफिल्मलाई दिएको जनाकारी अनुसार यसको पछाडी साम्राज्ञीकी आमा नेहा आर एल शाहको हात रहेको छ । फिल्मका लागि प्रदीप अनुबन्ध भए लगत्तै प्रदीपले नेहालाई फोन गरेका थिए । उनले फिल्ममा अभिनय गर्नका लागि साम्राज्ञीलाई कन्भिन्स गराउन नेहालाई अनुरोध समेत गरेका थिए । प्रदीप फिल्ममा अनुबन्ध भएको समयमा साम्राज्ञी नेपाल बाहिर थिइन् । त्यसैले पनि उनीसँग प्रतक्ष सम्पर्क हुने अवस्था भने थिएन । तर, यो पेयरका लागि पहिले साम्राज्ञी तयार थिइनन् । सायद उनलाई प्रदीपसँग फिल्म गर्दा आफु छायाँमा पर्ने हो की भन्ने डर थियो होला ।

साम्राज्ञी नेपाल फर्किए पछी प्रदीपको अनुरोधका बिषयमा आमा नेहाले भनेको र उनकै कारण फिल्म गर्न साम्राज्ञी राजी भएको उक्त गोप्य श्रोतको दाबी छ । यदी त्यसो हो भने प्रदीपको बाहिर देखिएको स्टारडम भित्रि रुपमा खोक्रो रहेको अनुमान लगाउन सकिन्छ । किनकी आम बुझाईमा प्रदीप ती स्टार होइनन् जसले कुनै पनि नायिकालाई फिल्ममा अभिनय गर्नका लागि अनुरोध गर्नुपरोस् ।

तर, प्रदीप अभिनित पछिल्ला दुई फिल्मले सोचे अनुरुपको सफलता पाउन सकेका छैनन् । फिल्म प्रेम गीतले बढाएको उनको हाइप जोगाउन उनलाई हम्मे हम्मे परिरहेको अवस्था छ । यसै बिच कतै पछिल्लो समय एक्लै फिल्म होल्ड गर्न सक्ने नायिका बन्दै गरेकी साम्राज्ञीसँगको पेयरबन्दिलाई प्रयोग गरेर प्रदीप माथी उक्लिन खोजेका त होइनन् ? प्रश्न गर्ने ठाउँ प्रशस्तै छ ।