‘मिस वर्ल्ड’को उत्कृष्ट ३२मा शृंखला

- मेराेफिल्म

चिनको सान्यामा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगिता अन्तर्गतको मिस वर्ल्ड टप मोडल प्रतियोगिता सम्पन्न भएको छ । कुल ११८ प्रतिस्पर्धीले सहभागिता जनाएको उक्त राउण्डमा शृंखला उत्कृष्ट ३२मा पर्न सफल भएकी छिन् ।

बुधवार सम्पन्न उक्त राउण्डमा शृंखलालाई उनको पहिरनले धोका दिएको थियो । क्याट वाक गर्दै गर्दा उनको पहिरन उनको खुट्टामा अल्झिएर उनी बार बार पहिरन सम्हाल्दै थिइन् । त्यसै कारण पनि उनी उत्कृष्ट ३०मा पर्नबाट चुकिन् ।

यद्यपी त्यसले उनको मिस वर्ल्ड यात्रालाई भने असर गर्नेछैन । मिस वर्ल्डकै अर्को राउण्ड मिस वर्ल्ड मल्टिमिडियामा भने शृंखला पहिलो नम्बरमा छिन् । उनी करिब २७ प्रतिशत भोटले अगाडी रहेकी छिन्, जसले उनलाई मिस वर्ल्डको ताज नजिक पुर्याउन मद्धत गर्नेछ ।

शृंखलालाई भोट गरी जिताउनका लागी मबस्टार एप डाउनलोड गर्ने, सर्च बक्समा गएर शृंखला सर्चगर्ने र निलो रंगको आइकनमा टिक गरेर फलो गर्ने त्यसपछी उनको प्रोफाइलमा भएको फोटो भिडियो लाइक, सेयर गर्नु पर्छ ।

२०७५ मंसिर ६ गते १०:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *