फिल्म निर्माणमा लागेपछि रोमान्टिक धुुर्मुस–सुन्तली

मानिसले जे काम गर्छ, त्यही काम अनुसारको व्यवहार गर्छ । जे काम गर्न लागेको हुन्छ, त्यही अनुसारको व्यवहार देखाउन पनि थाल्छ ।

समाजसेवामा लाग्दा हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको तस्बिर सामाजिक नै हुन्थे । उनीहरु राष्ट्र बनाउने कुरा गर्थे । श्रीमान श्रीमतिको भन्दा पनि सहयोग गरेका तस्बिर धेरै सामाजिक संजालमा हेर्न पाइन्थ्यो ।

तर, अहिले यो जोडीले फिल्म बनाउन लागेको छ । कुञ्जना घिमिरे आफैले निर्देशन गर्न लागेको फिल्ममा सिताराम मुख्य हिरो हुँदैछन् ।

यही भएर पनि होला, अहिले सिताराम र कुञ्जनाको तस्बिर शैली फेरिएको छ । उनीहरुले फेसबुक, इन्स्टाग्राममा आफ्ना रोमान्टिक तस्बिर राख्न थालेका छन् । यो जोडीले सामाजिक संजालमा मायाको कुरा बढी गर्न थालेको छ । अहिले यो जोडीको बोलीमा फिल्मी शैली पनि सुनिन्छ ।

हुनत, समाजसेवामा लाग्दा लाग्दै यो जोडीले एक अर्कालाई समय दिन पनि भ्याएको थिएन । अहिले बल्ल उनीहरुले आफूलाई समय दिन थालेका हुन् कि ?