जेनिशाले नपाएको कि नगरेको ?

फिल्ममा काम गर्ने कलाकार नेपालमै त गफ ठूला दिन्छन्, तर भारततिर पुगेर यसो सानोतिनो काम गरे भने कति गफ दिन्छन् होला ।

नेपाली फिल्ममा नै कुनै स्थान बनाउन नसकेकी अभिनेत्री जेनिशा केसीले भारत पुगिन् । अभिनेता मिथनु चक्रवर्तीसँगको चिनजानका कारण बलिउडका नाम चलेका कलाकारसँग तस्बिर पनि खिचाइन् । तर, उनले बलिउडमा काम भने पाएकी छैनन् । तर, जेनिशा केसीको कुरा सुन्दा उनले काम नपाएको भन्दा पनि नगरेको जस्तो लाग्छ ।

उनले सिरियलबाट अफर नै अफर आएपनि आफूले नगरेको बताइन् । किनभने उनलाई त सिरियलमा काम गर्न नै मन छैन रे । भारतमा पुगेर सिरियलबाट अफर आउँदा पनि नगर्ने जेनिशा मुर्ख कि गफ दिएर खाइन्छ भन्ने लागेर बोलेकी होलिन् ।

उनले ठूला ब्यानर र मुख्य हिरोइनको भूमिका नपाएकाले पनि काम नगरेको बताएकी छिन् । सानो भूमिकाका लागि नै यूवा यूवती तछाडमछाड गर्छन् । तर, जेनिशालाई सानो भूमिका धेरै आएपनि मुख्य हिरोइन नभई त काम नै नगर्ने बताउँछिन् ।

जेनिशा केसीको कुरा पत्याउने कि उनी भारततिर लागेर गफ दिन सिपालु भइछन् भनेर वुझ्ने अनी चुप लाग्ने ?