सारेगमप लिटिल च्याम्पको लागि भारत जाँदै प्रीतम

भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’मा डिजिटल अडिसन पास गरि अर्को चरणमा सहभागी हुनका लागि इटहरीका बाल गायक प्रीतम आचार्य भारत तर्फा लागेका छन् । निषाद संगीत बिद्यालय इटहरीमा एक कार्यक्रम गरि उनलाई शुभकामना दिदै विदाई गरियो । इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम ११ बर्षका भए ।

कार्यक्रममा प्रीतमका बुबा काशीनाथ आचार्यले भने ‘कसैले छोरालाई पाइलट इन्जिनियर डाक्टर बनाउँछु भन्छन् तर मेरो छोरा गायक नै बनोस् । मेरो इच्छा पनि यही हो’ । आधुनिक, शास्त्रीय दुवै कसिमका सङ्गीतहरूमा कलात्मक तरिकाबाट आवाज दिने शक्ति भएका प्रितमको सुमधुर आवाजले जोसुकैलाई भाबुक बनाइदिन्छ । केहि समय अगाडी देखि गुरु भुपेन्द्र राइले उनलाई निरन्तर अभ्यास गराईरहेका छन् ।