नेपाल आउदैं तबलावादक जाकिर हुसैन

- मेराेफिल्म

भारतका प्रख्यात तबलावादक जाकिर हुसैन काठमाडौं आउने भएका छन् । भारतीय दूतावासले बुधबार एक पत्रकार सम्मेलन गरी मंसिर १२ गते हुने सांगीतिक प्रस्तुतिको लागि हुसैन काठमाडौं आउने जानकारी दिएको हो ।

नेपाल–भारतमैत्री सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको खुशियालीमा भारतीय दूतावासले इन्डिया हाउसमा आयोजना गर्ने कन्सर्टमा हुसैनले प्रस्तुति दिनेछन् । उनीसँगै मृदंगवादक अनन्त कृष्णन, सारंगीवादक सबिर खान र ढोकलवादक नवीन शर्मा पनि आउने छन् ।

यसअघि भारतीय गायक कैलाश खेरले पनि नेपालमासांगीतिक प्रस्तुति दिएका थिए भने नेपाली कलाकार सरस्वती खत्रीले पनि भारतमा प्रस्तुति दिएकी थिइन् ।

२०७५ मंसिर ६ गते १३:५७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *