स्वर्गिय बोगटिको सम्झनामा श्रद्धान्जली सभा

- मेराेफिल्म

रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर निधन भएका चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको ४५औँ दिनको पुण्य तिथी पारेर बिहिवार राजधानीमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ ।

चलचित्र कलाकार संघले आयोजना गरेको उक्त श्रद्धान्जली सभामा नेपाली कला क्षेत्रका बिभिन्न ब्यक्तित्वहरुले स्वर्गिय बोगटीको फोटोमा पुष्प अर्पण गरी श्रद्धान्जली अर्पण गरेका थिए । बोगटीको गत असोज २३ गते ५८ बर्षको उमेरमा निधन भएको थियो । बोगटीले चलचित्र कलाकार संघको अध्यक्षका रुपमा २०७२ मङ्सिर २६ देखी २०७५ मङ्सिर २५ सम्मको कार्यकाल सम्हालेका थिए ।

२०७५ मंसिर ७ गते ९:०६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *