फ्राइडे रिलिजमा आकाश र आश्माको ‘ड्रिम गर्ल’

आकाश श्रेष्ठ र आश्मा गिरीको मुख्य भूमिका रहेको फिल्म ‘ड्रिम गर्ल’ शुक्रवारबाट प्रदर्शनमा आएको छ ।

केही हप्ता अगाडी देखि खासै राम्रा नेपाली फिल्महरु हलमा लागेका छैनन् । दशैँमा प्रदर्शनमा आएका दुई फिल्म छक्का पन्जा ३ र जय भोलेले अझै दर्शकको साथ् पाइरहेको अवस्थामा ड्रिम गर्ल प्रदर्शनमा आएको छ । नेपाली फिल्म हलमा नेपाली फिल्मको खडेरी लागेको अवस्थामा लभ स्टोरी जनरामा निर्मित फिल्म ड्रिम गर्लले आफ्नो प्रदर्शन कस्तो बनाउँछ त्यो भने भावी दिनमा थाहा हुनेछ ।

फिल्ममा आकाश र आश्मासंगै सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतको अभिनय रहेको छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् । आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल रहेका छन् ।