‘डोली’ ट्रेलर सार्वजनिक

सामाजिक बिषय वस्तुलाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘डोली’को ट्रेलर सार्वजनिक भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको डोली मंसिर २८ गते देखी प्रदर्शन हुँदैछ ।

सार्वजनिक ट्रेलरमा लभ, एक्शन, कमेडीको समिश्रण देख्न सकिन्छ । किरण नेपालीको निर्माण रहेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ, सानीया खान, संगीता नापीत, नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

जयराम थापाको छायांकन रहेको फिल्म तारा थापा किम्भेले सम्पादन गरेका हुन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको डोलीले मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत प्रभावह गर्ने दावी निर्देशक सानेले गरेका छन् ।