गरुड पुराणको आइटम गीतमा निश्चल र कर्मा

फिल्म ‘गरुड पुराण’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘म त पिरिममा…’ बोलको आइटम गीतमा निश्चल बस्नेत, कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन फिचर्ड छन् । गीतमा कोशिश क्षेत्रीको संगीत रहेको छ भने दिनेश राउतले लेखेका हुन् । गीतमा कोशिश र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी हुन् ।

सुवास कोइराला निर्देशित फिल्म ‘गरुड पुराण’ को फस्ट लुक पोष्टर र प्रदर्शन मिति केहि समय अघि सार्वजनिक गरिएको थियो । आकाश बराल, बिनोद खतिवडा र निर्देशक सुवासले लेखेको फिल्मको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतको समेत अभिनय रहेको छ । फिल्ममा कोशिश क्षेत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ । फिल्म माघ ४ गतेबाट प्रदर्शनमा आउने छ ।