बर्षालाई मिठो लाग्यो चाम्स कोल्ड कफी ?

अभिनेत्री बर्षा सिवाकोटी अहिले फिल्म विर विक्रम २ को छायांकन गर्न मुस्ताङमा छिन् । यो फिल्ममा उनको जोडी अभिनेता पल शाह र नाजिर हुसेन छन् । बर्षा सिवाकोटी २ हिरोको एक्लो हिरोइन हुँदा मख्ख त पर्ने नै भइन् ।

तर, बर्षालाई यो जाडोमा तातो भन्दा चिसो कुरा नै मन परेको रहेछ । यही भएर पनि होला उनी चिसो कफिमा नै रमाउँदैछिन् । उनले खाएको कोल्ड कफी चानेजुने ब्रान्डको भने होइन । बर्षाले चाम्स कोल्ड कफी खाएर रमाइलो गरिरहेकी छिन् ।

अब तपाई चाम्स कोल्ड कफी भनेको कहिले बजारमा आयो भनेर झुक्किनु होला । चाम्स फिल्मका निर्देशक मिलन चाम्सको थर हो । सुटिङमा चिया, कफि खानका लागि चाम्स इन्टरटेन्मेन्टको कप दिइएको छ ।

तर, बर्षाले चाम्स कफी लेखेकी छिन् । चाम्स इन्टरटेन्मेन्ट कफी होइन । यसैले पनि बर्षालाई चाम्स कोल्ड कफी मिठो लागेको होला  फिल्म रिलिजको समयमा बर्षाले दर्शकलाई पनि चाम्स कोल्ड कफीको स्वाद चखाउलिन् कि के गर्लिन् ?