बिक्रम बरालको आवाजमा ‘प्रसाद’को गीत

फिल्म ‘प्रसाद’को तेस्रो गीत रेकर्ड गरिएको छ । बिहिबार काठमाडौं नक्सालको एक स्टुडियोमा फिल्मको गीत बिक्रम बरालको आवाजमा रेकर्ड गरिएको हो । बिक्रम बराल नेपाल आइडलका उत्कृष्ट  ७ प्रतिस्प्रर्धी मध्येका एक हुन् । गीतमा संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ । निर्देशक दिनेश रावतका अनुसार फिल्मको यो गीत प्लेव्याक म्युजिकको रुपमा प्रयोग गरिने छ ।

फिल्म ‘प्रसाद’को कथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुभाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, शिव बिकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, सुवास भुसालको संगीत रहेको छ । सुभाष थापाको निर्माण रहेको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् भने एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन् ।