समर लभमा न्युड रेवती (फोटो / भिडियो सहित)

- मेराेफिल्म

सुबिन भट्टराईको चर्चित उपन्यास समर लभको सोही नाममा बनेको फिल्ममा फिल्मकी मुख्य अभिनेत्री रेवती क्षेत्री न्युड देखिएकी छिन् । निर्माण टिमले शुक्रबार सार्वजनिक गरेको टिजरमा रेवती एक दृश्यमा पूर्ण नग्न अवस्थामा छिन् । रेवतीले थप केही दृश्यमा निर्धक्क चुम्बन दृश्य दिएकी छिन् ।

सार्वजनिक टिजरमा निर्माण टिमले विदेशी लोकेसन र संवादलाई प्राथमिकता दिएको छ । टिजरका अधिकांश दृश्यमा डेब्यु अभिनेता तथा अभिनेत्री आशिष पिया र रेवती क्षेत्री देखिएका छन् । पुस्तक भित्र महत्वपूर्ण मानिएको सुष्मिताको भूमिकामा अभिनय गरेकी नम्रता सापकोटाले पनि अभिनेता आशिषसँग खुलेर दृश्य दिएकी छिन् ।

मुस्कान ढकालको निर्देशन रहेको फिल्म फ्लोरमा गएको दुई वर्षपछि प्रदर्शनका लागि तयार भएको हो । फिल्म आउँदो माघ २५ मा प्रदर्शन हुँदैछ । फिल्ममा सुरज सिंह ठकुरी पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् । सञ्जय लामा र मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ । सुबिनकै कथा रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले पटकथामा रुपान्तरण गरेका हुन् ।


भिडियो :

२०७५ मंसिर ७ गते १७:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *