‘सुश्री सम्पती’ ट्रेलर सार्वजनिक

शुब्रत राज आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पती’को ट्रेलर सार्वजनिक भएको छ । सलोन बस्नेत, सारा शिर्पाइली र बिनोद न्यौपानेको मुख्य भूमिका रहेको फिल्म मङ्सिर २८ मा प्रदर्शनमा आउँदै छ ।

कमेडी जनरामा निर्माण भएको  फिल्ममा सलोन, सारा र बिनोदका अलावा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा नायिका प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक शुब्रत आचार्य आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।