बिष्णु माझीको ‘एक हजारको नोट’ (भिडियो)

गायिका विष्णु माझी र गायक मोहन खड्काको आवाजमा ‘एक हजारको नोट’ बोलको गीत सार्वजनिक भएको छ । वियोगान्त प्रेमलाई समेटिएको गीतमा प्रेम आले मगर र मनिष थापा मगरको शब्द र प्रेम थापा मगरको संगीत रहेको छ । गीतको भिडीयोमा मुकेश हुमागाईँको छायाँकन र अविनास डिसीको सम्पादन रहेको छ । बविता श्रेष्ठद्धारा निर्देशित गीतमा आशा खड्का , विमल अधिकारी , साया भण्डारी र राजन रसाइलीको अभिनय रहेको छ ।