आमा बनिन् नायिका युना उप्रेती

नायिका युना उप्रेती आमा बनेकी छन् । १२ नोभेम्बरमा उनले एक छोरीलाई जन्म दिएकी हुन् । छोरी र उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले सामाजिक संजालमा तस्विर सेयर गर्दै जानकारी दिएकी छन् । उनले छोरीको नाम साईरा राखेकी छन् ।

कारीब ५ बर्षअगि एक सास्कृतिक कार्यक्रमका बिच अमेरिका छिरेकी अभिनेत्री उतै घरजम गरी बस्न थालिन् । बायोक्यामेस्ट्रीमा पि एच डि गर्दै गरेका बिकास अधिकारीसँग प्रेम सम्बन्धमा रहेकी युनाले अमेरिका पुगेको ४ ५ महिना मै उनीसँग विवाह गरेकी थिइन् । नेपाली फिल्म क्षेत्रमा आधा दशक समय बिताएकी युनाले लावारीस, पहिलो पहिलो माया, पर्खि बसे, त्रिशुल लगायत १४ फिल्ममा काम गरेकी छन् ।