अमेरिकामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

‘नेपाली सिनेमा भिलेज टु ग्लोब’  नारा सहित ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ हुने भएको छ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५ तारिखमा उक्त अवार्ड आयोजना गरिने भएको हो ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्दै आएको आयोजक सस्थाका अधक्ष्य नबराज श्रेष्ठले बताए । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली फिल्मको बजार प्रवद्र्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डको उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठले जानकारी दिए । अवार्डको तयारि तिब्र रुपमा भईरहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले बताए ।