वीर विक्रम २ मा ‘पिरतीको मिठो तिर्सना’ रिमेक

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘विर विक्रम २’  मा तुलसी घिमिरे निर्देशित फिल्म देउताको गीत रिमेक गरिएको छ । तत्कालिन समयमा निक्कै हिट हुन सफल ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत वीर विक्रम २ का लागि रिमेक गरिएको हो ।

फिल्म देउताको गीत ‘पिरतीको मिठो तिर्सना’ मा राजेश हमाल, श्रवन घिमिरे र सिर्जना बस्नेतको नृत्य रहेको थियो भने रिमेक गीतमा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी फिचर्ड छन् । राजेश हमालको फिल्मी करियरमा महत्वपुर्ण भूमिका खेल्न सफल फिल्म ‘देउता’ को रिमेक गीतले पल, नाजिर र बर्षाको फिल्मी करियरमा कस्तो भूमिका खेल्ने हो त्यो भने समयले नै बताउला ।

कुसुम गजमेर र तुलसी घिमिरेको शब्द रचना तथा रन्जीत गजमेरको संगीत रहेको रिमेक गीतमा मेलिना राई र तारा प्रकाश लिम्बुले आवाज दिएका छन् । उक्त गीतको ओरिजिनल भर्सनमा भने इन्द्रजित मिजार र भारती घिमिरेको आवाज रहेको थियो । हाल मुस्ताङमा छायाँकन भैरहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक मिलन चाम्सले बताए ।