स्वदेश थिङलाई प्रेमलीला नायिकाको सहयोग

फिल्म प्रेमलिलाकी नायिका तथा निर्माता दिपशिखा खड्काले स्वदेश थिङलाई सहयोग गर्ने भएकी छन् । नायिका खड्काले थिङ निवासमा एक कार्यक्रमको आयोजना गरि स्वदेशको १० कक्षा सम्मको पढाइ खर्च बेहोर्ने घोषणा गरेकी हुन् । स्वदेश थिङको जीवन कथा सुनेर उनलाई सहयोग गर्न आफु तत्पर भएको नायिका खड्काले बताइन् ।

स्वदेश थिङ २ वर्षको उमेर देखि उनकाबुवा र हजुरआमासंग बस्दै आएका छन् । उनका बाबु आमा दुवैले अर्को घरजम गरेपछि स्वदेश एक्लिएका थिए । ७ वर्षका स्वदेश एपल इन्टरनेशनल स्कुलको कक्षा १ मा अध्यनरत छन् । डिपिएस फाउन्डेसनकी प्रेसिडेन्ट समेत रहेकी खड्का कलाकार मात्र नभएर एक सक्रिय समाजसेवी पनि हुन् ।