किन दिदैनन् सलमान फिल्ममा किस सिन ?

बलिउडका स्टार सलमान खानले फिल्ममा किस सिन दिदैनन् । फिल्ममा किस दिनु पर्छ भने उनि फिल्म नै अस्विकार गर्ने गर्छन् । सन् १९८९ मा रिलिज भएको फिल्म ‘मैंने प्यार किया’ मा अभिनेत्री भाग्यश्रीसँग किस सिन गर्न तयार भएका थिए तर भाग्यश्रीले अस्विकार गरेकी थिइन् ।

त्यतिबेला हिमालय दासानीसँग डेट गरिरहेकी अभिनेत्री भाग्यश्री विवाहको तयारीमा थिइन् । यसरी फिल्ममा रियल किस सिन दिनाले वैवाहिक जीवनमा नै समस्या आउने हो की भन्ने डरले उनले किस सिन दिन अस्वीकार गरेकी थिइन् । यसरी भाग्यश्रीले फिल्ममा किस सिन दिन नमाने पछि सलमानले अभिनेत्रीहरुले बाध्यतावश गर्नुपर्ने रहेछ भन्ने कुरा महसुश गरेको बताए । यसरी भाग्यश्रीसँग फिल्ममा किस सिन दिन अस्विकार गरेपछि सलमानले किस सिनको लागि कसम खाएको बताएका छन् । उनी भन्छन् ‘अफुले निर्माण गर्ने फिल्ममा समेत किसिङ् सिनलाई निषेध गरेका छु । पछिल्लो पटक ‘टाइगर जिन्दा है’ मा कट्रिना कैफलाई किस गर्नु पर्ने थियो । तर उनले यो सिनलाई इन्कार गरेको थिए ।’