रेनशालाई बाहिर बस्ने कलाकार नै किन चाहिएको होला ?

नेपालमै रहेर कलाकारिता गरिरहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर फिल्म इन्टु मिन्टु लण्डनमा बनाएकी रेनशा वान्तवा राइका लागि दोश्रो फिल्म आई एम ट्वान्टी वानका लागि कलाकार खोज्न गाह्रो भैरहेको छ ।

यो फिल्मका लागि उनले बेलायतमा बस्दै आएका हिरो धिरज मगरलाई फाइनल गरिसकेकी छिन् । धिरज मगरले रेनशाको भन्दा अरु ब्यानरका फिल्ममा काम नगर्ने मुड बनाइसकेका छन् ।

अहिले रेनशा धिरजका लागि हिरोइन खोज्दैछिन् । किनकी, साम्राज्ञीसँग सम्बन्ध विग्रिएपछि उनले हिरोइन नयाँ खोजेकी हुन् ।

तर, उनले यसका लागि हिरोइन नेपाल बाहिरकै खोजिरहेकी छिन् । हङकङमा बस्ने युवतीहरुको अडिसन लिएर हिरोइन चयन गर्ने उनको तयारी छ ।

हिरो लण्डनमा बस्ने पक्का गरेकी रेनशालाई हिरोइन पनि विदेशमै बस्ने किन चाहिएको होला ? विदेशमा फिल्म चलाउन सजिलो हुन्छ भनेर होला कि ? होइन भने भिजा लगाउन साम्राज्ञीको जस्तो तनाव नहोस् भनेर पनि होला कि ?