कार्टुन्ज क्रुको ‘कपुरी क’

डान्स ग्रुप कार्टुन्ज क्रुको नयाँ गीत ‘कपुरी क’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द तथा संगीतमा रहेको गीतलाई रुपक चौधरीले आवाज दिएका छन् । कार्टुन क्रुजको डान्स रहेको उक्त म्यूजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माका साथमा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान र पेम्बा मगरको नृत्य रहेको छ । सरोज अधिकारीले निर्देशन गरेको यस गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।