यदिन गजमेरको ‘मेरो प्राणनाथ’ भाग २ सार्वजनिक

गीतकार तथा संगीतकार यदिन गजमेरको भजन एल्बम ‘मेरो प्राणनाथ भाग २’ सार्वजनिक भएको छ । प्रख्यात धर्म गुरु तथा उनका मातापिताको उपस्थितमा अमेरिकामा उक्त एल्वम बिमोचन गरिएको हो ।

मेरो प्राणनाथ भाग २ मा ७ वटा गीत समावेश गरिएको छ । सबै गीतमा संगीत यदिन गजमेरकै छ । उक्त एल्बममा समावेश भएका गीतहरूमा स्वर भने शिब परियार, स्वरुपराज,  अनुप रेग्मी, विश्व नेपाली, नरेन्द्र प्यासी, बानीका प्रधान, प्रविशा अधिकारीको छ ।