अलिशासंग पलको रोमान्स (भिडियो)

मिलन खलिङ राईको स्वर रहेको गीत ‘दिलै यो जलाई’ सार्वजनिक भएको छ । गीतमा पुष्प अधिकारी एन्जलको शब्द तथा दिपेन्द्र थिङको संगीत रहेको छ । गीतको संगीत संयोजन सुमन केसीले गरेका छन् । सान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा पल शाह र अलिशा राईले अभिनय गरेका छन् ।

राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा पल र एलिशाको विछोडको पीडालाई देखाइएको छ । महेन्द्र खलिङ राईको प्रस्तुतिमा निर्माण भएको भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ । अर्जुन तिवारीको डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन गरेका छन् ।