सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता सोमबार देखि राजधानीमा सुरु

सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता सोमबार देखि राजधानीमा सुरु भएको छ । एसएस इभेन्ट्सको आयोजनामा त्रिभुवन बिश्वबिद्यालय किर्तिपुर मैदानमा सुरु भएको खेलको सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले ब्याटिंग र बैंककै ब्रान्ड एम्बासडर भलिवल खेलाडी प्रतिभा मालीले बलिङ्ग गर्दै उद्घाटन गरेका थिए । प्रतियोगिताको यो पाचौँ संकरण हो ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न ८ खेलमा क्रमस: सेन्चुरी बैंक, सुर्य नेपाल, सुबिसु, सिप्रदी, सनराइज बैंक, नबिल बैंक र अन्नपूर्ण मिडियाले जित हात परेका छन् ।

सिभिल बैंक र सेन्चुरी बैंक बिच भएको पहिलो खेलमा सेन्चुरी बैंकले २४ रनको जित दर्ता गर्यो । दोश्रो खेलमा सुर्य नेपालले ओम देव बैंकलाई ८ रनको रन अन्तरमा हरायो भने सुबिसु भर्सेस ई-सेवा बिच भएको तेश्रो खेलमा सुबिसुले ६ विकेटको जित निकाल्यो । त्यस्तै सिप्रदी भर्सेस कुमारी बैंक बिच भएको चौथो खेलमा सिप्रदीले कुमारी बैंकलाई ६ रनको अन्तरले पराजित गर्यो । पाँचौ खेलमा सनराइज बैंकले टाइगर बियरलाई ६ विकेटले पराजित गर्यो भने छैठौं खेलमा नबिल बैंक ४४ रन अन्तरले विजयी भयो । ईसेवा भर्सेस अन्नपूर्ण मिडिया ग्रुप बिच भएको सातौँ खेलमा अन्नपूर्ण मिडिया ग्रुप ३५ रनले विजयी हुँदा आठौँ खेलमा सिप्रदीले एनएमबि बैंकलाई ४ विकेटले पराजित गरेको थियो ।