‘हिमालय रोडिज सिजन टु’ को उपाधि आयुषलाई

हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’ को ग्राण्ड फिनाले उपाधि आयुष श्रेष्ठलाई उपाधि प्रदान गर्दै सम्पन्न भएको छ । काठमाण्डौमा भएको फाइनल प्रतिष्पर्धामा पिरबिर घले र तेजश वस्नेतलाई पछी पर्दै बुटवलका श्रेष्ठले उपाधि हात पारेका हुन् ।

अडिसनमा सहभागी मध्ये जर्नी राउण्डमा छानिएका १३ प्रतिष्पर्धी बीच चलेको प्रतिष्पर्धाको विभिन्न चरण पार गर्दै आयुष विजेता बन्न सफल भएका हुन् । बिजेताको उपाधीसँगै आयुसले दश लाख नब्बे हजार रुपैँया नगद र यमाहा एफजेड २५० बाइक पुरस्कार स्वरुपप्राप्त गरेका छन् । रियालिटी शोमा आशिष राना ‘लाउरे’, दिया मास्के र रेमनदाश श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए ।