रणवीरमा शुशीलको एङ्ग्री लुक

Mero Film

आगामी १८ माघबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रणवीर’  को फस्ट लुक पोस्टर निर्माण टिमले रिलिज गरेको छ ।  शुशिल सिटौलको चरित्रलाई केन्द्रित गरेर फिल्मको फस्ट लुक्सको रुपमा पोष्टर सोमबार सार्वजनिक गरिएको हो ।

फिल्मलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । गोविन्द सिंह भण्डारीले निर्देशन गरेको फिल्ममा  एक्सन प्रधानको कथाबस्तुमा आधारित रहेको छ। एक्सन प्रधान फिल्ममा शुशिल सिटौलासँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट,  टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतको अभिनय रहेको छ । फिल्मको दुई वटा गीतबाहेक सबै छायाँकन सम्पन्न भएको छ ।


Leave a Reply

Your email address will not be published.