नेपाल महोत्सव सिड्नी आयोजकले मागे माफी (भिडियो सहित)

नेपाल महोत्सव सिड्नीमा गाएको एक गितबारे विरोध सुरु भएपछि आयोजक गैर आवासिय नेपाल संघ अष्ट्रेलिया न्यु साउथ वेल्सले विज्ञप्ती निकालेर सार्वजनिक रुपमा माफी मागेको छ । कार्यक्रममा राजतन्त्र बारे सामाग्री समेटिने कुनै तयारी नभएको तथा कलाकारले पनि कसैको भावनामा चोट पुर्याउने उदेश्य नरहेको स्पष्ट पारिएको छ ।

कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष नन्द गुरुङले हस्ताक्षर गरेको विज्ञप्ती लेखिएको छ,’कार्यक्रमको दौरानमा भएको सांस्कृतिक कार्यक्रममा एक जना कलाकारको प्रस्तुती धेरै नेपालीको जनभावना विपरित भएको जन गुनासो आएकोमा हामी दुखी छौ ।’ विज्ञप्तीमा संघले गर्ने कुनैपनि कार्यक्रम संविधान, नेपाली र नेपाल सरकारको भावना विपरित कुनै कार्य हुन नदिने प्रतिवद्धता जनाईएको छ ।

नोभेम्बर २४ तारिखमा सिड्नीमा भएको नेपाल फेष्टिभलमा गायक समिर आचार्यले ‘हटी होईन डटी लड्ने गित गाएका थिए । नेपाल सरकार अन्तर्गत दर्ता भएको संस्थाले गरेको कार्यक्रममा परिवर्तनको विरुद्ध हुने गरि राजतन्त्रको गुनगान गाएको भन्दै अष्ट्रेलियाका नेपाली समाजमा बिरोध भएको थियो ।