‘मिस सुप्रानेसनल २०१८’मा महिमा सिंह

अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता ‘मिस सुप्रानेसनल २०१८’ मा नेपाली सुन्दरी महिमा सिंह सहभागी भएकी छन् । मिस वर्ल्डमा शृंखला खतिवडाको चर्चा भैरहेको समयमा मिस सुप्रानेसनल भने डिसेम्बर ७ मा सम्पन्न हुनेछ । मिस सुप्रानेशनल प्रतियोगिताको दशौँ संस्करणमा नेपाल चिनाउदै महिमालाई जिताउनका लागि भोटको खाचो छ ।

पोल्याण्डमा आयोजना भइरहेको यस प्रतियोगितामा नेपालले पहिलो पटक सुन्दरी प्रतिनिधि पठाएको हो । कम समयमा पनि मिस नेपालकी एक सहभागी महिमा राम्रो तयारी गर्दै प्रतियोगितामा भाग लिन गएकी छन् । एक महिनाअघि मात्रै एक कार्यक्रम गरी महिमा सिंहलाई मिस नेपाल सुपरानेशनलको उपाधि प्रदान गरिएको थियो ।