‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानमा रेखा

‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान प्रदेश २ मा बुधबारबाट सुरु हुँदैछ । यस अभियानको अभियन्ता नायिका रेखा थापालाई दिइएको छ । रौतहटमा एक कार्यक्रमका बीच थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमको शुभारम्भ गर्दै अभियानको थालनी गर्नेछिन् ।
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले सरकारको उद्देश्यअनुरूप कलाकार थापाले प्रदेशका आठवटै जिल्लामा विद्यमान छोरीप्रतिको असमान व्यवहार, हिंसा, भ्रणहत्या, पढाइबाट वञ्चित र बालविवाहविरुद्ध जागरण अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिए ।
छोरा हुँदा हर्ष र छोरी हुँदा दुस्ख, पीडा, बोझ ठान्ने मनोवृत्ति, छोरीको जन्मलाई अभिशाप ठानी हत्या गर्ने मानसिकता, अपहेलित गर्ने क्रियाकलाप विरुद्धको अभियानमा सरकारले छोरीको बीमा, साइकल वितरण, दक्षता अभिवृद्धि, सरकारी सेवा परीक्षा तयारी तालीम र प्रहरीमा ५० प्रतिशत आरक्षणलगायत योजना राखिएको उनले बताए ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया