बिन्तिकुमारको ‘बाटै बाटो’

गायक बिन्तिकुमार गुरुङको स्वर रहेको गीत ‘बाटै बाटो’ सार्वजनिक भएको छ। गीतमा गायक बिन्तिकुमार कै शब्द रहेको छ भने लय संकलन बुद्धि बहादुर गुरुङको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्ण फिचर्ड छन् । राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीले क्यामेरा चलाएका छन् भने ड्रोन उडाउने जिम्मा सुरेश काफ्लेले पाएका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।