चलचित्र विकास बोर्डमा महर्जन र दाहाल

फिल्म निर्माता नरेन्द्र महर्जन तथा निर्देशक दयाराम दाहाल चलचित्र बिकास बोर्ड सदस्यमा नियुक्त भएका छन् । केहि समय यता रिक्त रहेको पदमा महर्जन र दाहाल दुई बर्षका लागि नियुक्त भएका हुन् ।

३ सदस्य रहने बोर्डमा विजय देउजा केहि समय अगाडी नियुक्त भएका थिए भने सूचना तथा सञ्चारमन्त्रि गोकुल बास्कोटाले रिक्त रहेको पद बुधबार परिपूर्ति गरेका हुन् । नरेन्द्रको यो दोस्रो कार्यकाल हो भने दयारामको पहिलो ।