सार्वजनिक भयो कपिल शर्माको विवाहको कार्ड

- मेराेफिल्म

भारतीय कमेडियन कपिल शर्माले आफ्नो विवाहको कार्ड सार्वजनिक  छन् । उनले सामाजिक संजालमा कार्डको तस्विर सेयर गर्दै विवाह डिसेम्बर १२ तारिखमा हुने पक्का गरेका छन् । कपिल आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् । गिन्नी चतरथ पंजाबकी हुन् । कपिल र गिन्नीको भेट सन् २००५ मा भएको थियो । सुरुवातमा गिन्नीका बुबाले कपिल र गिन्नीको विवाह अस्वीकार गरेका थिए ।

विवाहको दिन कपिल शर्मा आफ्‍नो बहिनीको घरमा जागरण राख्‍ने छन् । त्‍यसको भोलिपल्ट गिन्‍नीको घर जालान्धरमा संगीत तथा मेहेन्दी उत्सव हुनेछ । यस्तै २४ डिसेम्बरमा कपिलले विवाहको पार्टी आयोजना गर्नेछन् । उक्त क्रममा विशेष पाहुना, आफन्त र साथीभाईसँग पनि भेटघाटको योजना कपिलले बनाएका छन् ।

२०७५ मंसिर १३ गते ११:०२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *