‘सुश्री सम्पति’ प्रचारमा सलोनको फरक प्रयोग

फिल्म प्रचारका लागि फरक फरक तरिका अपनाइदै आएको छ । यहि क्रममा मंसिर २८ बाट प्रदर्शनमा आउने फिल्म ‘सुश्री सम्पति’ का मुख्य कलाकार सलोन बस्नेत एक फरक प्रयोग गरेका छन् । सामाजिक संजालमा फिल्म सुटिंगका क्रममा खिचिएका तस्विर पोस्ट गर्दै ‘त्यो समय के भयो खै थाहा पाउन मंसिर २८ पर्खनुहोस्’ भन्दै दर्शकलाई उत्सुक बनाइरहेका छन् । सुश्री सम्पतिको सार्वजनिक भएका गीत र ट्रेलरले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

रङ्ग पत्रकार सुव्रत राज आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ भने प्रियंका कार्कीको विशेष भूमिका रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक आचार्य आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।