फिल्म ‘मेतोक’ टिजर

ह्याल्मो भाषामा निर्माण भएको फिल्म ‘मेतोक’ को टिजर सार्वजनिक भएको छ । फिल्मकी नायिका ओमु निमा ह्याल्मोको जन्मदिनको अवसरमा टिजर सार्वजनिक गरिएको हो । फिल्ममा नायिका ओमुसँगै ठिलेन लामा, दावा दोर्जे, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो ,भिम ज्याबा ,कान्छीमाया ह्योल्मो ,पेमा ह्योल्मो लगायतका कलाकार रहेका छन् ।

ठिलेन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई ठिलेन लामाले निर्देशन गरेका हुन् भने लगानी सर्किनी ज्याबा ह्योल्मोले गरेका छन् ।  फिल्ममा ठिलेन लामाको कथा,  आगत केसीको पटकथा तथा संवाद,  राम कुमार कसीको छायाँकन रहेको छ । फिल्म लोसार पर्वको अवसरमा रिलिज हुनेछ ।