नाचेरै वर्ल्ड रेकर्ड राखिन् बन्दना नेपालले

नेपालकी १७ बर्षिया बन्दना नेपाल लगातार १२६ घण्टा नाचेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल भएकी छन् ।

भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर राखेको रेकर्ड ब्रेक गर्दै उनले आफ्नो नाम राख्न सफल भएकी हुन् । यहि शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।