प्रियंकाले कथा कहिले हेरिन् होला ?

अभिनेत्री प्रियंका कार्कीलाई दर्शकसँग संवाद गर्न मन लाग्छ । उनी बेला बेलामा दर्शकसँग संवाद गर्न रुचाउँछिन् । उनै प्रियंकालाई संवादको क्रममा एक जना दर्शकले सोधेका छन्–‘तपाई फिल्ममा काम गर्दा के कुरा हेर्नुहुन्छ ?

सो प्रश्नको जवाफमा उनले लेखेकी छिन्–‘म फिल्ममा काम गर्दा कथा, पटकथा र आफ्नो भूमिका हेर्छु ।’

फ्यानले सोधेको यो प्रश्नमा प्रियंकाले फिल्मको कथा, पटकथा र आफ्नो भूमिका हेर्ने गरेको उल्लेख गरेकी छिन् । तर, के उनले काम गरेका फिल्ममा त्यो देखिन्छ होला त ?

फिल्ममा आइटम गीत समेत नछाड्ने प्रियंकाले कथा, पटकथा र आफ्नो भूमिका हेर्छिन् भनेर कसरी पत्याउने होला ?

अभिनेत्री कार्की नेपालमा सबैभन्दा धेरै फिल्ममा काम गर्ने कलाकारको रुपमा परिचित छिन् । अफर आएका सबै फिल्म स्विकार गर्ने र कथावस्तु नै नहेरी साइन गर्ने उनको बानी छ ।

उनी त अझ टिम राम्रो रहेछ भने आफै फोन गरेरै फिल्ममा लिन आग्रह गर्छिन् भन्ने पनि सुनिएको छ । तर, अभिनेत्री कार्की भने आफूले कथा, पटकथा र भूमिका हेर्ने गरेको बताएर फ्यानसँग किन ठट्टा गरेकी होलिन् ?