सारालाई चाहियो प्रचार

फिल्ममा टिक्ने २ माध्यम छन् । एउटा काम अर्को नाम । थोरैले मात्र काम र नाम कमाउँछन् । धेरैले त नाम कमाउन काम नपाए पनि हल्ला गरिरहन्छन् ।

रुद्र र पिजडा ब्याक एगेन फिल्ममा काम गरेकी अभिनेत्री सारा सिर्पालीलाई अब यस्तै रोग लागेछ जस्तो छ । उनी अहिले हिट हुन खोजिरहेकी छिन् । उनले आफूले राम्रो टिम नपाएकाले पनि दर्शकले आफूलाई चिन्न नपाएको बताइसकेकी छिन् । अब चिनिन तर्फ लागेकी हुन् सारा भन्ने प्रश्न उब्जिएको छ ।

सारा अभिनित फिल्म सुश्री सम्पत्ती रिलिजको तयारीमा छ । यो फिल्म रिलिजको समयमा उनी र अभिनेता अनमोल केसीको नाम प्रेममा मुछिएको छ । साराले साथी भएको, कहिलेकाही भेट्ने गरेको बताएर अनमोलको नाम क्यास गरिरहेकी छिन् । अनमोल यो कुरालाई अस्विकार गरिरहेका छन् ।

सारालाई त यत्तीले मात्र पुगेन । उनलाई त फिल्ममा अभिनेता अनमोल केसी र प्रदिप खड्कासँग काम गर्न मन लागेको छ । अनमोल र प्रदिपसँग काम गर्न नरुचाउने अभिनेत्री को होलान् र ? अनमोल केसी र प्रदिपको नाममा साराले अब प्रचार खोजेको भान हुन थालेको छ । बलेको आगो ताप्दा न्यानो हुन्छ भन्ने सारालाई पनि थाहा रहेछ ।