मेलाको गीतलाई एक करोड भ्युज

- मेराेफिल्म

मेलामा समावेश भएको ‘परिचय पाउँ’ बोलको गीतले युट्युबमा एक करोड भ्युज पाएको छ । लोक लयमा तयार परिएको यस गीतको भिडियोलाई धेरै दर्शक स्रोताले मन पराएका छन् ।

भिडियोमा नायिका पवित्रा आचार्य र गजित विष्ट फिचर्ड छन् । सलोन बस्नेत र अशिष्मा नकर्मीलाई पनि भिडियोमा देख्न सकिन्छ। भिडियोमा नायिका पवित्रा आचार्यकै नृत्य निर्देशन रहेको छ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ। फिल्म वसन्त निरौलाले निर्देशन गरेका हुन् ।

२०७५ मंसिर १३ गते १३:५३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *