विवादमा ‘२.०’

आजबाट प्रदर्शनमा आउने बलिउड फिल्म ‘२.०’ विवादमा परेको छ । टेलिकम अपरेटरहरुको संगठन सीओएआईले उक्त फिल्मको प्रदर्शनमा रोक लगाउन माग गरेका छन् ।

फिल्मको ट्रेलर र प्रोमोसनल भिडियोले मोबाइल फोन कम्पनी र टावरहरुको गलत छवि प्रस्तुत गरेको भन्दै फिल्म रोक्न संगठनले माग गरेको हो । यो फिल्मको विषयवस्तुलाई ‘महाहानिकारक’ भन्दै सीओएर्आइले सेन्सर बोर्डसँग फिल्मको सर्टिफिकेसन रद्द गर्न अपील गरेको छ ।