कुञ्जमा ‘लिलामे माइलो’

कुञ्ज नाटक घरमा ‘लिलामे माइलो’ नाटक मन्चन भइरहेको छ । नाटक मंसिर १२ देखि पुस ७ गते सम्म निरनन्तर मञ्चन हुनेछ । नाटक हेर्न आउने हरेक परिवारको माइला र माइली सन्तानलाई निशुल्क हेर्ने अवसर प्रदान गरिने नाटकका कार्यकारी निमार्ता राजाराम गौतमले बताए । उनले भने ‘हरेक परिवारका माइला माइली अलि भिन्न किसिमका हुन्छन् । त्यसैले यो नाटकको नाम लिलामे माइलो जुराइयो । जब हामीले लिलामे माइलो भनेर नाम राखि सकेपछि किन माइलो सन्तानलाई निःशुल्क नगर्ने भन्ने सोचेर यो अफर राखेको हौं । छुट दिने विषयमा नाटक हेर्न आउँदा कान्छो र जेठो पनि साथै हुनुपर्छ ।’

लोक नाटक लिलामे माईलो मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङआसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । यो नाटकको लागि ६ महिना अनुसन्धान गरेर तयार पारेको गौतमको भनाइ रहेको छ । ‘नेपाली समाजको मौलिकता झल्काउने उद्देश्यले हामिले ६ महिना फिल्ड मै गरेर अध्ययन गरेका छौ । अध्ययन प्रश्चात हामीले नाटकलाई जिवन्त बनाउने कोशिस गरेका छौ । यो नाटक अरु नाटक भन्दा अली लामो रहेको छ । हामिले दिन खोजेको कुरा पनि दिनै पर्यो । नाटक १ घण्टा ३५ मिनेटको रहेको छ । समय अवधी लामो भएपनि दर्शकहरुले नाटकको भरपुर मनोरञ्जन लिने छन् ।’ उनले भने ।

प्रभाकर न्यौपानेको कथा लेखन र निर्देशनमा बनेको नाटकमा विजय नेपाल, विरेन्द खातिन, निशा पाख्रिन, पुष्प अवस्थी, सलमान गुरुङ, राजन भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । बुधबार बाहेक यो नाटक हरेक दिन साँझ ४:३० बजे मञ्जन हुनेछ भने सार्वजनिक विदाको दिन र शनिबार दिउसो १ बजे समेत मञ्चन हुनेछ ।