देवकोटाको ‘दही मिठो’ (भिडियो)

राजकुमार देवकोटाको आवाजमा ‘दही मिठो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने रमेश भट्टराईको संगीत संयोजन छ । म्युजिक भिडियोलाई बिनोद राई ‘घ्याम्पे सुब्बा’ ले निर्देशन गरेका हुन् । सागर गौतमले छायांकन गरेको भिडियोमा बेगम नेपाली, सुदिप हमाल र अनुमति नेपालीले अभिनय गरेका छन् । रविन्द्र खड्काले भिडियो सम्पादन गरेका हुन् ।