के हो स्टिम र साउना ? यसका फाइदा के के छन् ?

‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो भने ‘साउना’ भनेको सुक्खा तातो बाफ हो । यी दुवै विधि अन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्छ।

स्टिम र साउना दुवैको आ–आफ्नो महत्व छ । साउनाको चलन शताब्दी देखिनै चलेको हो । विशेष गरी फिनल्यान्ड र युरोपेली देशमा यसको प्रचलन पाइन्छ । अहिले अधिकांश देशमा स्टिम र साउनाको माग बढेको छ । स्टिम र साउनाले शरीरमा रगत सञ्चालनमा फाइदा गर्छ । तातोले नसा खुलाउने काम गर्छ र मुटुरोगीका लागि फाइदा पुग्छ । यसलाई हप्तामा १–२ पटक प्रयोग गर्यो भने उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रण गर्न र तनाव घटाउन मद्दत मिल्छ ।

वातावरणको धुलोधुँवाले गर्दा हामी थकित भएका हुन्छौ । स्टिम र साउनामा आधा–एक घन्टा बसेपछि आनन्द महसुस हुन्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वालहरु खोलेर ‘फ्रेस’ बनाउँछ । शरीरमा टाँसिएको धुलोधुँवाका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ । जसले छाला सफा हुन्छ र अनुहारमा भएका डन्डीफोर हटेर जान्छन्।

स्टिम र साउना बाथ लिँदा धेरै पसिना बग्ने हुँदा त्यसबेला १–२ लिटर नुन र कागती हालेर पानी पिउनुपर्छ । स्टिम र साउना बाथ साना बच्चाहरु, गभवर्ती महिला र छारेरोग भएका मान्छेले गर्नु हुँदैन ।

फाइदा
शरीरमा भएका बिकारलाई हटाउँछ
तनावबाट मुक्ति दिलाउँछ
छालामा जमेको फोहोर निकालेर सफा बनाउँछ
निरन्तरको स्टिम र साउनाले मोटोपना घटाउन मद्दत गर्छ
स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ
शरीरले आनन्द महसुस गर्छ

गर्मी मौसममा भन्दा जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरु धेरै हुन्छन् । यसै पनि जाडो मौसममा तातो भएर बस्दा आनन्द आउँछ, त्यसमाथि शरीरलाई पनि फाइदा पुग्छ । गर्मी महिनामा पनि स्टिम र साउना लिने गरिन्छ । यसलाई शरीर तातो बनाउने उपायका रुपमा मात्र नभई शरीरबाट पसिना निकाली स्वस्थ रहने उपायका रुपमा लिनुपर्ने हुन्छ । स्टिम र साउनासँगै आयुर्वेदिक ट्रिटमेन्ट (मसाज, फेसियल आदि) गर्दा शरीरलाई धेरै फाइदा पुग्छ ।

बुढेसकाल लागेसँगै उठ्न र बस्न गाह्रो हुनेहरुले स्टिम र साउना लिदाँ उपयुक्त हुन्छ । जोर्नीहरु कडा भएर हिँडडुल गर्न गाह्रो हुनेहरुलाई स्टिम र साउना बाथले जोनीहरु खुकुलो बनाउन सहयोग गर्छ ।  नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना बाथ राम्रो विकल्प हो । प्रसस्त पसिना निस्कने भएकाले यसले क्यालोरी बर्न गर्न मद्दत गर्छ ।

हामी हप्ताको दुई पटक स्टिम र साउना लिन सुझाव दिन्छौं । यस्तै, लामो समय तातोमा बस्न त्यति फाइदाजनक मानिदैन । त्यसैले ३० मिनेटदेखि १ घन्टासम्म बस्नु उपयुक्त मानिन्छ । स्टिम र साउना बाथ लिँदा सुक्खा छाला हुनेहरुले भने मोस्चराइजिङ क्रिमको प्रयोग गर्नु राम्रो हुन्छ । स्टिम र साउना लिने कोठाको तापक्रम ‘एक्सपर्ट’ ले सेट गरेका हुन्छन् । स्टिम र साउना लिँदा पनि एक्सपर्टले निगरानी गरिहरेका हुन्छन् ।
स्रोत: बानेश्वर रिक्रिएसन सेन्टर