प्रियंका र आयुष्मानको हतारको इन्ट्री

आयंका जोडीले परिचित छन् अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की । यी दुबैलाई हरेक कार्यक्रममा सँगै देखिनु अब नयाँ भएन । आयांक जोडी अब दर्शकका लागि उत्सुकताको बिषय बन्न छाडेको छ ।

आयंका जोडीले राजधानीमा आयोजना भएको कामना फिल्म अवार्डमा मारेको इन्ट्री अहिले हल्लाखल्लीमा छ ।

किनकी, प्रियंका र आयुष्मान अवार्ड लिनकै लागि कार्यक्रममा पुगेको देखियो । भित्र हलमा स्टार अफ दि इयर भन्दै अभिनेत्री प्रियंका कार्कीको नाम घोषणा भएको थियो । यो नाम घोषणा हुँदै गर्दा आयुष्मान र प्रियंकाले हलमा इन्ट्री मारेका थिए । यस्तो लाग्थ्यो कि, आयोजकसँग सल्लाह गरेरै उनीहरुले हलमा प्रवेश गरेका थिए ।

अवार्ड पाइसकेपछि प्रियंका र आयुष्मानले गोजीमा दाम छैन बोलको गीतमा नाचेका पनि थिए ।

तर, अवार्ड पाए जाने नत्र नजाने नेपाली कलाकारको बानी नै हो । आयुष्मान र प्रियंकाको प्रवेशले त यो स्पष्ट देखाएन र ?