कामना अवार्ड्समा लिलीबिलीलाई ५ अवार्ड

गत चैत्र ३० गते प्रदर्शनमा आएको फिल्म ‘लिली बिली’ले यस बर्ष आयोजना भएको कामना अवार्ड्समा पाँच बिधामा अवार्ड हात गर्न सफल भएको छ । युवा स्टार प्रदीप खड्का र डेब्यु नायिका जसिता गुरुङको अभिनय रहेको लिलीबिली कुल १० बिधामा मनोनयनमा परेकोमा पाँच बिधामा अवार्ड जित्न सफल भएको हो ।

फिल्मले उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्दशकसंगै उत्कृष्ट डेब्यु नायिका (जसिता गुरुङ), उत्कृष्ट पार्स्व ध्वनी (एलिश कार्की) र उत्कृष्ट साउण्ड डिजाइनको अवार्ड पाएको हो । मिलन चाम्सको निर्देशन रहेको फिल्मलाई सुदिप खड्काले निर्माण गरेका थिए ।