अनमोलले गरे उत्कृष्ट अभिनेताको अवार्ड आमाबाबुलाई डेडिकेट

शनिवार ललितपुरमा आयोजना भएको कामना अवार्ड्समा उत्कृष्ट अभिनेताको अवार्ड युवा स्टार अनमोल केसीले हात परेका छन् । उक्त बिधामा फिल्म छक्का पन्जाबाट दीपक राज गिरी, फिल्म घाम पानीबाट दयाहाङ राई, फिल्म झ्यानाकुटीबाट सौगात मल्ल, फिल्म लिली बिलीबाट प्रदीप  खड्का र फिल्म मंगलमबाट पुष्प खड्का मनोनयनमा परेका थिए । सबैलाई पछी पार्दै अनमोलले अवार्ड हात पारे ।

अवार्डको खुशी साट्दै अनमोलले उक्त अवार्ड आफ्ना पिता भुवन केसी र माता सुश्मिता बम्जन केसीलाई डेडिकेट गरे । अवार्ड समारोहमा उपस्थित पिता भुवन केसीलाई धन्यवाद दिँदै उनले भने, ‘यदी तपाईं नभएको भए यो सम्भव हुने थिएन त्यसैले धन्यवाद र यदी लाइभ हेर्दै हुनुहुन्छ भने दिस वान इज फर यू अल्सो मम भन्दै सुश्मितालाई अवार्ड डेडिकेट गरेका थिए । हाल भुवन र सुश्मिता छुट्टीसकेका छन् । अनमोल भने पिता भुवन केसीसंगै बस्दै आएका छन् ।