प्रदीपको ‘हाँसो नउठ्ने जोक’

शनिवार ललितपुरमा आयोजना भएको कामना अवार्ड्समा कार्यक्रम संचालकका रुपमा धेरै कलाकार देखिए । सरोज खनाल, गौरी मल्ल देखी केकी अधिकारी र प्रदीप खड्कासम्म । सरोजले गौरीसँग कार्यक्रम संचालनका लागि जोडी बाँधेका थिए भने प्रदीपले केकीसँग ।

कार्यक्रम संचालनका लागि स्टेज चढेका प्रदीप अंग्रेजी बोल्न नआउने नाटक गर्दै थिए भने केकी उनलाई सम्झाई रहेकी थिइन् । प्रदीपले डेब्युलाई दब्बु र नवलाई नवल भन्दै मेललाई सेल सम्म भने तर त्यसो भनी रहँदा दर्शक दिर्घाबाट न ताली बज्यो न त दर्शक नै हाँसे ।

उनले जोक गर्न त खोजे तर त्यसको प्रभाव दर्शकमा सुन्य नै देखियो । हुन त आयोजकले कलाकारलाई नै कार्यक्रम संचालक बनाएर नयाँ प्रयोग गर्न त खोज्यो तर कलाकारहरुले कार्यक्रम संचालनका लागि पर्याप्त तयारी नगरेको देखिन्थ्यो । प्रदीप आँफैले पनि तयारी गर्न सकेनन् । हुन त लभर बोई बनेर फिल्ममा अभिनय गरिरहेका प्रदीपलाई एक्कासी ठट्ट्यौली हिसाबमा कार्यक्रम संचालक गर्न लगाएपछी उनले गरुन् पनि के गरुन् ? तर उनको प्रयासलाई भने सराहना गर्नै पर्छ ।