केकीको फ्लप केक

अभिनेत्री केकी अधिकारीले आफूले नै बनाएको कोहलपुर एक्सप्रेस फिल्म चल्दा कतिपटक केक काटिन् होला ? कोहलपुरको पत्रकार सम्मेलन भन्दै बोलाइएका पत्रकारलाई मात्र यो कुरा थाहा होला । किनकी, केकीलाई आफूले बनाएको फिल्म जसरी पनि हिट भयो भनेर प्रमाणित गर्नु थियो र विदेशको बजारमा बेच्नु थियो ।
तर, केकीले जतिपटक केक काटेपनि फिल्म हिट भएन । केकीलाई असफल हिरोइनको ट्यागले छाडेन ।
तर, केकीले त्यो केक हिट भएरै काटेकी थिइन् या प्रचारका लागि मात्र ? यो बिषयमा उनले बल्ल मुख खोलेकी छिन् । राजधानीमा आयोजित कामना फिल्म अवार्डमा कार्यक्रम संचालक बनेकी केकीले अभिनेता प्रदिप खड्कासँग जिस्किदा आफ्नो पनि पोल खोलेकी हुन् ।
केकीले प्रदिपले आफ्नो फिल्म रोजको गीत हिट भएर केक काटेको भन्दै गर्दा यो पनि चित्त वुझाउने तरिका नै हो, जसरी मैले पनि चित्त वुझाउन केक काटेकी थिएँ भनेर जवाफ दिइन् । केकीले नचाहँदा नचाहँदै फ्लप फिल्मको केक काटेर प्रचार खोजेको भनिदिइन् ।
केकीले अहिलेसम्म आफूले हिट फिल्म दिन नसकेको स्विकार पनि कार्यक्रममा गरेकी थिइन् । रमाइलो नै सही, केकीले आफ्नो पोल आफ्नै मुखबाट भने खोलेकी छिन् ।

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

सलोनका लागि झुल्किएका सलिन

परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

प्रतिक्रिया