राजपाल यादवलाई जेल सजाय

भारतीय कमेडियन कलाकार राजपाल यादवलाई ३ महिना जेल सजायँ हुने भएको छ । ५ करोड ऋण लिएर तिर्न नसकेपछि उनलाई अदालतले ३ महिना जेल सजायको आदेश दिएको हो ।

भारतको उच्च न्यायलयको आदेश संगै अब उनी पक्राउ पर्ने छन् । श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टले फिल्म बनाउन भन्दै मुर्ली प्रोजेक्टस्सबाट ५ करोड ऋण लिएको थियो । सन् २०१० मा ऋण लिएर अहिलेसम्म पनि सो रकम फिर्ता नगरेपछि उनी फन्दामा परेका हुन् ।

फिल्म ‘अता पता लापत्ता’ डुबेपछि यादवले ऋण फिर्ता गर्न नसकेका हुन् । यादवले आफूले ऋण लिएको नभई उक्त कम्पनीले फिल्ममा लगानी गरेको बताएका थिए । तर, कागजी संझौतामा ऋण उल्लेख भएको कारण उनी जेल जाने भएका हुन् ।