‘डोली’ को स्याड सङ ‘दुरी टाडा’

सामाजीक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘डोली’ को दोस्रो गीत ‘दुरी टाढा’ सार्वजनिक भएको छ । राज सरगमको स्वर र शब्द रहेको गीतमा बाबुल गिरीको संगीत रहेको छ । गीतमा फिल्ममा सबै मुख्य कलाकार फिचर्ड छन् ।

किरण नेपालीको निर्माण रहेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ, सानीया खान, संगीता नापीत, नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । जयराम थापाको छायांकन रहेको फिल्म तारा थापा किम्भेले सम्पादन गरेका हुन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको डोलीले मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत प्रभावह गर्ने दावी निर्देशक सानेले गरेका छन् । राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको डोली मंसिर २८ गते देखी प्रदर्शन हुँदैछ ।